Comments Add Comment

चिनियाँलाई म्याद थप्न लैजाँदा १० वटा गाडी, सय जना प्रहरी !

प्रजिअ दाहालले दिए ५ दिन अनुसन्धान गर्न अनुमति

८ पुस, काठमाडौं । ‘स्वीप अपरेशन’ चलाएर एकै दिन १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको प्रहरीलाई मंगलबार अनौठो समस्या आइलाग्यो, म्याद थपका लागि कसरी लैजाने ?

कानूनतः प्रहरीले कसैलाई पक्राउ गर्नुअघि अदालतबाट अनुमति लिनुपर्छ र २४ घन्टाभित्र अनुसन्धानका लागि म्याद लिनुपर्छ । तर ‘स्वीप अपरेशन’मा खटिएको टोलीसँग पक्राउ पूर्जी थिएन ।

कति जना छन् भन्ने नै थाहा नभएकाले जरुरी पक्राउ पूर्जी थमाएर नियन्त्रणमा लिइएको थियो । त्यसैले जरुरी पक्राउ पूर्जीको स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौं लैजानुपर्ने थियो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीका अधिकृतहरुले सीडीअ‍ो कार्यालयका अधिकारीलाई प्रहरी कार्यालयमै कर्मचारी बोलाएर स्वीकृत र म्याद थप गर्ने उपायबारे छलफल गरे । तर कानूनी रुपमा यो सम्भव थिएन ।

उपत्यकाबाहिर भिडियो कन्फरेन्समार्फत म्याद गर्ने अभ्यास सुरु भइसकेको भए पनि काठमाडौंमा थिएन । त्यसैले प्रशासन कार्यालयमै लैजाने टुंगो लाग्यो ।

यो पनि पढ्नुहोस नेपालमा अपराध गरेको नदेखिए समातिएका चिनियाँलाई देश निकाला गरिने

१० गाडीमा लगिए चिनियाँ

तर यसका लागि पर्याप्त सवारी साधान न ब्यूरोसँग थियो र काठमाडौं प्रहरीसँग ।

सबैतिरबाट जोरजाम परेर १० वटा गाडीमा हालेर चिनियाँ नागरिकलाई प्रशासनमा लगिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदी भन्छन्, ‘प्रहरीको बस, ट्रक र पिकअपमा राखेर प्रशासनसम्म पुर्‍यायौं ।’

यस्तै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएका २७ जना र बढानीलकण्ठ प्रभागमा ११ जनालाई लैजान टोखा लगायतको सीआरभी गाडी पनि प्रयोग गर्नुपरेको थियो । काठमाडौं प्रहरीको मुद्दा शाखामा खटिएका एक अधिकृतका अनुसार चिनियाँसँगै प्रहरीलाई पनि गाडीमा राख्नुपर्ने भएकाले संख्या अझै बढेको थियो । नजिकैका प्रहरी कार्यालयबाट पनि बोलाइएका थिए ।

यो पनि पढ्नुहोस बैंक ह्याकलगत्तै सुरु भएको थियो चिनियाँ नागरिकमाथि निगरानी

चिनियाँ नागरिकलाई उपस्थित गराउँदा जिल्ला प्रशासन कार्यालयमा पनि ठूलो भीड देखिएको थियो ।

भीडका बीच प्रहरीले जुटाएको प्रमाण हेरेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पक्राउ पूर्जी सदर गरिदिए । र, अनुसन्धानका लागि ५ दिन म्याद पनि थपिदिए ।

म्याद थपका क्रममा प्रशासनमा चिनियाँको भीडभाड देखिएको काठमाडौंका प्रजिअ दाहाल बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘म्याद थप्न यति धेरै थुनुवालाई यसअघि ल्याइएको थिएन । सरकारी वकिलको राय र परामर्शको आधारमा थप प्रक्रिया सुरु भएको छ ।’

सामान्य अवस्थामा प्रहरीको एउटा युनिटले दैनिक बढीमा १० जना थुनुवा ल्याउने गर्छ ।

यो पनि पढ्नुहोस चिनियाँ नागरिकले भरिए हिरासत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment