+
+
Shares

प्रहरीचौकीमा आक्रमण गरेको आरोपमा वडाध्यक्ष पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

रासस रासस
२०८२ असोज २२ गते १९:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाही प्रहरीले गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा पक्राउ गरेको छ।
  • गत असोज १७ गते वडाध्यक्ष दासको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गा र बाँसको फराठा प्रहार गर्दा प्रहरी नायब निरीक्षक यादव घाइते भएका छन्।
  • सर्लाही जिल्ला अदालतको पक्राउ पुर्जीमा दासलाई तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ र स्थानीय व्यापारीले विरोध स्वरूप गोडैता बजार बन्द गरेका छन्।

२२ असोज, बरहथवा । प्रहरीचौकीमा ढुङ्गामुढा गरेको आरोपमा सर्लाही प्रहरीले गोडैता नगरपालिकाका वडाध्यक्षलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने विनेशकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।

वडाध्यक्ष दासको नेतृत्वमा रहेको समूहले गोडैता प्रहरी चौकीमा ढुङ्गामुढा तथा बाँसको फराठा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।

गत असोज १७ गते भएको घटनाको उजुरी परेपछि वडाध्यक्ष दासलाई प्रहरीले आज नियन्त्रणमा लिएको उनले बताए । प्रहरीका अनुसार गत शुक्रबार साँझको समयमा दुर्गा पूजाको चन्दाको विषयमा गोडैता नगरपालिका–७, सडकमा स्थानीय कारिल यादवलाई गोडैता नगरपालिका–५ बस्ने अनिलराय यादवलगायतले कुटपिट गरेका थिए।

उक्त घटनामा संलग्न अनिल रायलाई गोडैता प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि कारिल यादव पक्षका वडाध्यक्ष दाससहितका केही व्यक्तिले प्रहरी चौकीमाथि ढुङ्गामुडा तथा बाँसको फराठा प्रहार गरेका हुन्। घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक अवधेशप्रसाद यादवको मुखमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

ढुङ्गाले लागेर उहाँको अगाडिको दुई वटा दाँत भाँच्चिनुका साथै चौकीमा कार्यरत अन्य पाँच जना प्रहरीसमेत घाइते भएका छन् । घाइते प्रहरी नायब निरीक्षक यादवको प्रतिवेदनका आधारमा वडाध्यक्ष दासलाई कुटपिट अङ्भङ्ग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव शीर्षकमा जाहेरी दर्ता भएको उपरीक्षक राईले बताए ।

सोही मुद्दामा सर्लाही जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा वडाध्यक्ष दासलाई घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष दासलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थपगरी अनुसन्धान अगाडि बढाइएको छ।

यता वडाध्यक्ष दासलाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीय व्यापारीले आज दिउँसोदेखि गोडैता बजार बन्द गराएका छन्।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?