+

सागमा स्वर्ण विजेता काजल र देविका गृहगाउँमा सम्मानित

२०७६ पुष  १० गते ११:१५ २०७६ पुष १० गते ११:१५
सागमा स्वर्ण विजेता काजल र देविका गृहगाउँमा सम्मानित

१० पुस, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा सहभागी भइ स्वर्ण पदक विजेता दुई खेलाडी आफ्नै गृहगाउँमा सम्मानित भएका छन् । तेक्वान्दोकी काजल श्रेष्ठ र जुडोकी देविका खड्का गृह गाउँमा सम्मानित भएका हुन् ।

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले दुवै खेलाडीहरुलाई बुधबार नगद ५० हजारसहित सम्मान गरेको हो ।

स्वर्ण पदक विजेता काजल श्रेष्ठ लिसंखुपाखर गाउँपालिका–५ जेठलकी हुन् भने जुडोकी देविका खड्काको जन्मस्थान झापा भएपनि उनले यसै गाउँपालिका- ४ मा विवाह गरेकी छन् ।

काजल श्रेष्ठ १३ औं साग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय