Comments Add Comment

मनाङको लगातार तेस्रो जित, ब्रिगेड ब्वाइज पराजित

१० पुस, काठमाडौं । साविक विजेता मनाङ मर्स्याङदी क्लबे शहीद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित हात पारेको छ ।

बिहीबार भएको खेलमा मनाङले ब्रिगेड ब्वाईज क्लबलाई १-० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङका लागि २२५ औं मिनेटमा जगजित श्रेष्ठले गोल गरे ।

७३ औं मिनेटमा ब्रिगेडका विजय गुरुङलाई फल गरेकाले मनाङका एक राज बुढाथोकीले सिधै रातो कार्ड खाएका थिए । त्यसपछि मनाङ दस खेलाडीमा सीमित भए पनि ब्रिगेगड ब्वाइजले त्यसको फाइदा उठाउन सकेन । लिगमा ब्रिगेड ब्वाइजको यो लगातार दोस्रो हार हो ।

साविक विजेता मनाङ भने लगातार तेस्रो जित हासिल गर्दै ९ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि मनाङले दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मीलाई पराजित गरेको थियो ।

पहिलो खेलमा  फ्रेन्डस क्लबलाई पराजित गरेको ब्रिगेड ब्वाइजले यसअघि मछिन्द्र क्लबसँग पराजय व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment