Comments Add Comment

पोस्टर–पम्प्लेट टाँस्ने धमाधम पक्राउ, १० संस्थामाथि कारवाही

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा पोस्टर–पम्पेल्ट टाँस्नेहरुलाई कारबाही शुरु गरेको छ । पोस्टर टास्दै हिँडेका केही व्यक्तिहरुलाई पक्राउ गरी कारबाही गरेर छाडिएको महानगरले जानकारी दिएको छ ।

महानगरका नगर प्रहरी शाखाका प्रमुख धनपति सापकोटाका अनुसार शुक्रबारमात्रै १० व्यक्ति तथा संस्थाहरुलाई पोस्ट टासेको भन्दै कारबाही गरेको छ ।

जथाभावी पर्चा–पम्प्लेट टाँसेको भन्दै भ्याली इष्टिच्युट चावहिललाई १० हजार र काठमाडौँ जव इम्प्लोइमेण्टलाई ५ हजार जरिमाना तिराएको पनि सापकोटाले जानकारी दिए ।

सेन्ट जेभियर्स  र गोल्डेनगेट मल्टिपर्पोजलाई पनि महानगरपालिकाले पाँच–पाँच हजार जरिमाना तिराएको छ । शुक्रबारमात्रै विभिन्न व्यक्ति र संस्थालाई मात्रै महानगरपालिकाले ५८ हजार जरिमाना तिराएको सापकोटाले जानकारी दिए ।

नगरप्रहरी प्रमुख सापकोटाका अनुसार शुक्रबार पूर्व क्षेत्रबाट २ जनालाई पक्राउ गरी कारवाही गरेको छ । त्यसैगरी पश्चिम क्षेत्रबाट पनि २ जनालाई पक्राउ गरी एक जनालाई कारवाही गरेको छ । मध्ये क्षेत्रबाट पाँच जनालाई पक्राउ गरी पाँचै जनालाई कारवाही गरेको पनि सापकोटाले जानकारी दिए ।

भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई महानगरले सोमबारबाट कम्तीमा चार टोली बनाएर महानगरभरि नै परिचालन गर्ने भएको छ ।

‘नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गरेर हामीले सहर सुन्दर बनाउने अभियानलाई तिव्रता दिन यो अभियान चलाएका हौँ,’ सापकोटाले भने, ‘काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो । हामी विगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment