Comments Add Comment

एमएम कप क्रिकेटको उद्घाटन खेलमा प्रदेश १ र ५ खेल्ने

काठमाडौं । इनरुवामा हुने दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीले शुक्रबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो, जसअनुसार १५ गते उद्घाटन समारोह मात्र हुनेछ ।

१७ गते इनरुवा रंगशालामा उद्घाटन खेलमा समूह सी मा रहेका प्रदेश १ र प्रदेश ५ भिड्ने भएका छन् ।

प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा तीन टिम रहने छन् । तीन टिमले समूह चरणमा एक अर्कासँग खेल्ने छन् । चारवटै समूहको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

जहाँ समूह ए को विजेताले समूह सी को विजेता तथा समूह बी को विजेताले समूह डी को विजेतासँग सेमिफाइनल खेल्नेछ ।

प्रतियोगितामा नेपालको सात प्रदेशको सात टिम, तीन विभागीय टिमसहित आयोजकको टिम र मलेसियाको मलेसिया ११ ले पनि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment