Comments Add Comment

काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस, न्यूनतम तापक्रम ०.६

१२ पुस, काठमाडौं । काठमाडौंमा यो वर्षकै सबैभन्दा चिसो महसुस भएको छ । किनभने काठमाडौंमा शनिबार बिहान ८:४५ बजे गरिएको मापनमा न्यूनतम तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियस छ । यो यस वर्षकै सबैभन्दा कम तापक्रम हो ।

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ०.९ डिग्री थियो ।

मौसम विज्ञान विभागले तापक्रम घट्ने क्रम जारी रहने र चिसो बढ्ने पूर्वानुमान गरेको छ । त्यसैले चिसोबाट बच्न सतर्कता अपनाउन विभागले सुुझाव दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment