Comments Add Comment

टुबोर्ग ओपनका लागि क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेशको प्रस्तुती

१२ पुस, काठमाडौं ।  गायक नितेश जंग कुँवरले विश्वप्रसिद्ध समुह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत ‘खुलेर डल्लै’ सार्वजनिक गरेका छन् ।

नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीत मार्फत मानिसहरुलाई आफुलाई थाहा भएको र मनपर्ने कुराहरुको सिमा तोड्दै ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्दछ ।

युट्युबमा टुबोर्ग नेपालको च्यानलमा खुलेर डल्लै रिलिज भएको छ ।

नितेश जंग कुँवरले शुरु गरेका उक्त ट्रयाकमा विश्वभर परिचित समुह क्लिन ब्यान्डिटले सहकार्य गरेका छन् । २ दिने भ्रमणमा स्टुडियोमा सँगै समय बिताए सँगै क्लिन ब्यान्डिटका ग्रेस, ज्याक र ल्युकलाई नितेशले सुन्दर शहर काठमाडौंको व्यस्त वसन्तपुर देखि किर्तिपुरका विभिन्न ठाँउहरुको अवलोकन गराए ।

केहि मौलिक नेपाली खानाको स्वाद र नेपाली सांगीतिक बाजारमा रमाई उनीहरुले दिनको अन्तमा स्टुडियोमा उक्त ट्रयाक बनाएका हुन् । काठमाडौंको छोटो भ्रमणले उनीहरुलाई नेपाली संस्कृति र संगीतको आभाष दिलाएको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर, बैभव शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग निकै बलियो सम्बन्ध रहेको छ र हामीले सधैं कलाकारहरुलाई प्लाटफर्म प्रदान गर्ने कोसिस गर्दै आईरहेका छौं ।

हाम्रो आफ्नै नेपाली कलाकारको बहुचर्चित अन्तराष्ट्रिय समुहसँग सहकार्य रहेकोले यो साँगlतिक सहकार्य उल्लेखिनय रहेको छ । हाम्रो नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र उत्थान गर्नकालागी यो हाम्रो एउटा प्रयास हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment