+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

टुबोर्ग ओपनका लागि क्लिन ब्यान्डिटसँगको सहकार्यमा नितेशको प्रस्तुती

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १२ गते १६:११

१२ पुस, काठमाडौं ।  गायक नितेश जंग कुँवरले विश्वप्रसिद्ध समुह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत ‘खुलेर डल्लै’ सार्वजनिक गरेका छन् ।

नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीत मार्फत मानिसहरुलाई आफुलाई थाहा भएको र मनपर्ने कुराहरुको सिमा तोड्दै ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्दछ ।

युट्युबमा टुबोर्ग नेपालको च्यानलमा खुलेर डल्लै रिलिज भएको छ ।

नितेश जंग कुँवरले शुरु गरेका उक्त ट्रयाकमा विश्वभर परिचित समुह क्लिन ब्यान्डिटले सहकार्य गरेका छन् । २ दिने भ्रमणमा स्टुडियोमा सँगै समय बिताए सँगै क्लिन ब्यान्डिटका ग्रेस, ज्याक र ल्युकलाई नितेशले सुन्दर शहर काठमाडौंको व्यस्त वसन्तपुर देखि किर्तिपुरका विभिन्न ठाँउहरुको अवलोकन गराए ।

केहि मौलिक नेपाली खानाको स्वाद र नेपाली सांगीतिक बाजारमा रमाई उनीहरुले दिनको अन्तमा स्टुडियोमा उक्त ट्रयाक बनाएका हुन् । काठमाडौंको छोटो भ्रमणले उनीहरुलाई नेपाली संस्कृति र संगीतको आभाष दिलाएको छ ।

गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर, बैभव शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग निकै बलियो सम्बन्ध रहेको छ र हामीले सधैं कलाकारहरुलाई प्लाटफर्म प्रदान गर्ने कोसिस गर्दै आईरहेका छौं ।

हाम्रो आफ्नै नेपाली कलाकारको बहुचर्चित अन्तराष्ट्रिय समुहसँग सहकार्य रहेकोले यो साँगlतिक सहकार्य उल्लेखिनय रहेको छ । हाम्रो नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र उत्थान गर्नकालागी यो हाम्रो एउटा प्रयास हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?