Comments Add Comment

विद्युत् प्राधिकरण भरतपुरले अति विपन्नको घरमा निःशुल्क मिटर जोडिदिने

१४ पुस, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले अति विपन्न नागरिकहरुको घरमा निःशुल्क मिटर जडान गरिदिने भएको छ । त्यसका लागि स्थानीय तहतले विपन्न भनि सिफारिस गरेको कागजात चाहिने र ऐलानी जग्गामा घर भए चार किल्ला खुलेको हुनुपर्ने प्राधिकरणले जनाएको छ ।

विपन्न परिवारहरुका लागि १५ पुसदेखि मिटर जडानका लागि आवेदन फाराम खुल्ला गरिने प्राधिकरण भरतपुर केन्द्रका प्रमुख सुरेश महतोले जानकारी दिए ।

यस्तै, साँस्कृतिक सम्पदा भएका क्षेत्रमा पनि निःशुल्क मिटर जडान गरिने प्राधिकरणको सूचनामा उल्लेख छ । महतोका अनुसार भरतपुर वितरण केन्द्रले गत वर्ष करिब चार सय मिटर निःशुल्क जडान गरिदिएको थियो ।

यसैबीच, वितरण केन्द्रको एकल सेवा विन्दुको उदघाटन सोमवार गरिने भएको छ । प्राधिकरण हेटौंडा डिभिजनका प्रमुख केदारराज सिलवालले सेवा विन्दुको शुभारम्भ गर्ने कार्यक्रम छ । प्राधिकरणमा काम लिएर आउने सेवाग्राहीलाई एकै ठाउँबाट सबै सेवा दिएर सहजता ल्याउने उद्देश्यले एकल सेवा विन्दु सञ्चालन गर्न लागिएको हो ।

एकल सेवा विन्दुमा निवेदन लिने, फारम भर्ने, रकम बुझाउने लगायतका काम गरिन्छ । केन्द्रमा विद्युतको मिटर लिन, महसुल तिर्न, नामसारी गर्न, जलेको वा बिग्रिएको मिटर बनाउन, पोलको माग गर्ने वा पोल सार्नेलगायतका काम लिएर सेवाग्राहीहरु आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment