Comments Add Comment

अमिताभ ‘दादा साहब फाल्के अवार्ड’बाट सम्मानित

बलिउडका नायक अमिताभ बच्चनलाई सन् २०१९ को ‘दादा साहब फाल्के अवार्ड’ प्रदान गरिएको छ । उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले यो अवार्ड प्रदान गरेका हुन् । भारतीय चलचित्र उद्योगमा उत्कृष्ट योगदान गरेको भन्दै उनलाई यो अवार्ड प्रदान गरिएको हो । भारतमा ‘दादा साहब फाल्के अवार्ड’ प्रतिष्ठित मानिन्छन् ।

६६ औं ‘राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा अमिताभको स्वास्थ्य अवस्था ठिक नभएपछि उनी उपस्थित हुन सकेका थिएनन् । राष्ट्रपति कोविन्दले यो बर्ष ‘राष्ट्रिय पुरस्कार’ जित्न सफल सबैलाई राष्ट्रपति भवनमा निमन्त्रणा गरेका थिए । सोही समारोहमा अमिताभलाई यो पुरस्कार प्रदान गरिएको हो । यो समारोहमा अमिताभको साथमा पत्नी जया बच्चन र छोरा अभिषेक बच्चन पनि उपस्थित थिए ।

अमिताभले उक्त समारोहमा भने–‘भगवानको कृपा, मेरो माता पिताको आर्शिवाद, बलिउडकर्मीको समर्थन र भारतीय जनताको मायाले म यहाँ उपस्थित छु ।’ उनले आफू ५० बर्षदेखि बलिउडमा काम गरिरहेको भन्दै पुरस्कार स्विकार गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment