
१६ पुस, काठमाडौं । नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालसँग भेटेको छ ।
नेपाल राष्ट्र बैंकले मिति २०७६ साल पुस ८ गते ल्याएको क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६,ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैंक र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञासा राखेको सन्दर्भमा गभर्नर नेपालले यसबारे स्पष्ट पार्दे अटोमोवाइलक्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सहयोगी भएको बताउँदै यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताए ।
उनले नेपालको निर्यात बढन नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गरेको नाडाले जनाएको छ ।
सोही छलफलको क्रममा उनले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेन्टसगरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिए ।
व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गर्वनर नेपालले बताए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4