+

एपीएफको पहिलो जित, सरस्वतीको लगातार चौथो हार

२०७६ पुष  १७ गते १८:१७ २०७६ पुष १७ गते १८:१७
एपीएफको पहिलो जित, सरस्वतीको लगातार चौथो हार

१७ पुस, काठमाडौं । विभागीय टोली एपीएफले शहीद समारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ । बिहीबार भएको खेलमा एपीएफले सरस्वती युथ क्लबलाई २-१ ले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफका लागि दुवै गोल आशिष लामाले गरे । सरस्वतीका लागि विनोद केसीले एक गोल फर्काए । आशिषले ६३ औं मिनेटमा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । इन्जुरी टाइममा आशिषले नै गोल गर्दै अग्रता दोब्बर पारे । इन्जुरी टाइमको अन्तिम मसमया सरस्वतीका विनोदले एक गोल फर्काए ।

पहिलो जितपछि एपीएपले ४ खेलबाट ४ अंक जोडेको छ । एपीएफले १ खेलमा जित र १ बराबरी र २ खेल हारेको थियो ।

 उता लगातार चौथो हार बेहोरेको सरस्वतीले गोलको खाता भने खोलेको छ । यसअघि तीन खेलमा सरस्वतीले गोल समेत गर्न सकेको थिएन । चार खेलमा पराजित सरस्वती अंकबिहिन हादै १४ औं स्थान (पुछार)मा छ ।

आजको खेलपछि लिगमा चौथो चरणको खेल सकिएको छ । चौथो चरणपछि अपराजित रहँदै मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ। मनाङले ४ खेलबाट १० अंक जोडेको छ । यस्तै मछिन्द्र र जाउलाखेल युथ क्लबले पनि अपराजित यात्रा कायमै राखेका छन् ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय