+
+
Shares

राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न बामदेवले मानेनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १३:३५

१८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न अस्वीकार गरेका छन् ।

नेकपा सचिवालयको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए ।

‘प्रचण्ड कमरेडले दुई जनाबारे के गर्ने पहिला यसमा छलफल गरौं भन्नुभयो’ एक नेता भन्छन्, ‘केपी कमरेडले यसमा छलफल नै गर्नुपर्दैन, निर्णय गरौं भन्नुभयो ।’

तर नेता गौतमले राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन आफ्नै शर्त रहेको बताए । आफू प्रधानमन्त्री हुने राष्ट्रियसभामा जाने भन्दै उनले संविधान संशोधन गर्नुपर्ने शर्त राखे ।

तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरे । उनले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने र गौतम अहिले प्रधानमन्त्री बन्न पनि सम्भव नभएको ओलीले बताए ।

त्यसो भए उम्मेदवार नबन्ने नेता गौतमले बताए । अर्का नेता श्रेष्ठले भने आफ्नो आकांक्षा नभएको तर पार्टीले अहिले राष्ट्रियसभामा गएर भूमिका खेल भन्छ भने त्यसमा शर्त नराख्ने बताएको एक नेताले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?