+
+
Shares

नयाँवर्ष २०२० का लागि भायानेटले ल्यायो २० एमबीपीएसको प्लान

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १८ गते १५:५८

१८ पुस, काठमाडौं । नयाँ वर्ष २०२० को अवसरमा भायानेटले आफ्नो ग्राहकहरुका लागि “ट्रिपल ट्वान्टी अफर” ल्याएको छ ।

नयाँ वर्ष २०२० को सुमधुर सुरुवात गर्नका लागि भन्दै भायानेटले ग्राहकहरु लागि २० एमबीपीएसको नयाँ इन्टरनेट प्लान ल्याएको हो ।

यो नयाँ इन्ट्री-लेबलको प्लान सीमित अवधिका लागि वाषिर्क रु. ११ हजार ४ सयमा उपलब्ध छ, जसमा २५० भन्दा बढी च्यानलहरु भएको नेट टिभी निःशुल्क पाउनुका साथै जडान शुल्कमा रु. १ हजार छुट प्रदान गरिन्छ ।

यसका साथै भायानेटले बजारमा आएको २० वर्ष पनि मनाइरहेकोले “ट्रिपल ट्वान्टी अफर” नयाँ ग्राहकको लागि भायानेटको परिवारसँग जोडिनका लागि उत्कृष्ट समय भएको बताएको छ । यो अफर ३० डिसेम्बर २०१९ देखि १४ जनवरी २०२० सम्म लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?