Comments Add Comment

अन्नपूर्ण सुगर मिलले पठायो किसानको खातामा पैसा

एक महिनाभित्र तिरिसक्ने लिखित प्रतिवद्धता

आन्दोलनरत उखु किसान माइतीघरमा धर्ना दिँदै ।

१८ पुस, काठमाडौं । उखु किसानको सबै वक्यौता रकम एक महिनाभित्र तिर्न सर्लाहीको अन्नपूर्ण सुगर मिल राजी भएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मिल सञ्चालक राकेश कुमार अग्रवालले यसका लागि लिखित प्रतिबद्धता जनाएका हुन् ।

अग्रवालले माइतीघरमा आन्दोलनरत किसानलाई बुधबार र बिहीबार गरेर ५० लाख रुपैयाँ उनीहरुको खातामा पठाइएको जानकारी दिए । उनले गरेको लिखित प्रतिबद्धता अनुसार पुस २५ गतेभित्र मिलले ५ करोड रुपैयाँ किसानको खातामा पठाउने छ ।

यो पनि पढ्नुहोस ‘सरकार हामीलाई चिनी ‘तितो’ भयो !’

यस्तै माघको पहिलो साताभित्र थप ७ करोड रुपैयाँ किसानलाई भुक्तानी गर्ने र १८ गतेसम्म सबै रकम चुक्ता गर्ने प्रतिवद्धा अग्रवालले जनाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिए ।

उनले उद्योगमा स्टक रहेको चिनी बिक्रीका लागि सहयोग गरिदिन मन्त्रालयलाई आग्रहसमेत गरेका छन् ।

किसान प्रतिनिधिले अन्नपूर्ण सुगर मिलको वक्यौता ४० करोड रहेको दावी गरे पनि उद्योगीले भने २५/२६ करोड रुपैयाँ मात्रै रहेको बताएका थिए ।

उद्योग मन्त्रालयले पुस १३ गते गृह मन्त्रालयलाई उद्योगी सम्पर्कमा ल्याईदिन गरेको पत्राचारपछि शुक्रबार अग्रवाल मन्त्रालय आएर लिखित प्रतिबद्धता जनाएका हुन् ।

यो पनि पढ्नुहोस उखु : बाली नगदे, कारोबार उधारो ! यो पनि पढ्नुहोस चिनी मिलमा वर्गसंघर्ष यो पनि पढ्नुहोस चिनीमा राजनीति : राजपा ताला ठोक्ने, नेकपा फुटाउने ! यो पनि पढ्नुहोस हामीसँग सरकार किन्ने पैसा छैन ! यो पनि पढ्नुहोस उखुबालीमा किसानको सकसः निल्नु न ओकल्नु यो पनि पढ्नुहोस ‘भारतको खाँदा नेपालको चिनी बिकेन’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment