Comments Add Comment

निकिताको आशा

पूर्व मिस नेपाल निकिता चण्डकलाई लाग्छ, उनले नायक विराज भट्टबाट धेरै कुरा सिकेकी छिन् । निकिताले भनिन्–‘मैले मेरो पहिलो चलचित्रबाट नै धेरै कुरा सिकेकी छु । अब, अरु कुनै नयाँ प्रोजेक्टमा काम गर्नुपर्यो भने यो चलचित्रबाट सिकेका कुराहरु लिएर जान्छु र काम गर्छु ।’

यो पनि पढ्नुहोस ‘बाघ जंगलबाहिर कतै गएकै थिएन’: विराज भट्ट

निकिताले विराजसँगको उमेर अन्तरको बिषयमा भनिन्–‘मैले जब पहिलो पटक विराज दाइलाई भेटेँ, उहाँ निकै नै ट्यालेन्ट लाग्यो । मलाई चलचित्रको अफर आएपछि म ‘नो’ भन्छु भनेर उहाँलाई भेट्न गएकी थिएँ । तर, उहाँको सकारात्मक कुराले मलाई प्रभाव पार्यो र मैले काम गरेँ ।’

निकिताले आफूलाई विराजले जुनियर भनेर कहिले नसोचेको बताइन् । भनिन्–‘मैले दिएका कतिपय सुझावहरु पनि उहाँले सहजै स्विकार गर्नुहुन्थ्यो । कहिले पनि मलाई जुनियर हौं, तिमीलाई केही पनि आउँदैन जस्तो व्यवहार गर्नुभएन ।’ उनले विराज र आफ्नो सोच पनि एउटै भएको बताइन् ।

नेपालमा मिस नेपालहरुको चलचित्र यात्रा खासै सुखद छैन । निकिताले चलचित्रको एउटा गीत र ट्रेलर सार्वजनिक भएसँगै एक प्रकारको आशा त देखाएकी छिन् । तर, चलचित्रमा उनी सो–पिस मात्र छिन् या लोभलाग्दो काम गरेकी छिन्, यसका लागि माघ २४ गते नै कुर्नपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment