Comments Add Comment

प्रेसिडेन्ट कप जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिज यसै साता हुने

काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिज यही पुस २३ गतेदेखि काठमाडौंमा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा आयोजना हुने सिरिजमा यू-१९ तर्फ पुरुष र महिला एकल, पुरुष र महिला युगल तथा मिश्रीत युगल गरी पाँच विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी दिए ।

विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त सिरिजमा पुरुष एकलमा १५, पुरुष युगलमा १४ जोडी, महिला एकलमा १२, महिला युगलमा ८ जोडी र मिश्रित युगलतर्फ १६ जोडीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता रेफ्रि किरण कारञ्जितले जानकारी दिएका छन् ।

सिरजमा नेपाललगायत अमेरिका, मलेसिया, भारत, श्रीलङ्का र बंगलादेशको सहभागिता रहनेसमेत अध्यक्ष श्रेष्ठले बताए ।

विश्व ब्याडमिन्टन महासंघको मान्यता प्राप्त यस सिरिज पहिलो पटक काठमाडौंमा आयोजना हुन लागेको हो ।

सिरिजको अनुमानित लागत २१ लाख रहेको ब्याडमिन्टन संघले जनाएको छ ।

नेपालमा योसहित अब ३ अन्तर्राष्ट्रिय प्रतियोगिताहरु हुने भएका छन् । यसअघि नेपाल ब्याडमिन्टन संघले नेपाल इन्टरनेशनल च्यालेञ्ज, अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment