+
+
Shares

हिउँले ढाकिएको खप्तड (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते २१:११

२० पुस, डोटी । सुदूरपश्चिमको चर्चित धार्मिक एवं पर्यटकीय क्षेत्र खप्तड हिउँले ढाकिएको छ ।

बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडका २२ वटा घाँसे पाटन हिउँले सताम्मे छन् । सुन्दर घाँसे मैदानसहित खप्तडको वरिपरि रहेका ५३ वटा थुम्का सेता देखिन्छन् ।

खप्पडमा वर्षको ६ महिना हिमपात हुने गर्छ । अहिले हिमपातले खप्तडमा आवागमन ठप्प छ । बाटोमा जमेको करिब ६ फिट हिउँलाई सेनाले केही दिनपछि हटाउने जनाइएको छ ।

खप्तड घुम्नका लागि जेठ, असार र मंसिरसम्मको समय उपयुक्त मानिन्छ । चैत, वैशाखमा खप्तड भएर रंगीविरंगी लालीगुराँस फुलेको देखिन्छ ।

खप्तड बाबाको आश्रम, नागढुंगा, खप्तड दह र घाँसे मैदान खप्तडका आकर्षण हुन् ।

खप्तड पुग्न विभिन्न बाटाहरु छन् । यद्यपि, डोटीको सिलगढी, झिग्राना हुँदै जाने जाने बाटो चलनचल्तीमा छ । बझाङ सदरमुकाम चैनपुरबाट पनि खप्तड पुग्न सकिन्छ ।

तस्वीर : सुजन केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?