Comments Add Comment

मध्यपूर्वमा तनाव बढाउने काम-कारबाही रोक्न नेपालको आह्वान

२४ पुस, काठमाडौं । मध्यपूर्वमा उत्पन्न भएको तनावलाई लिएर परराष्ट्र मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । बिहीबार जारी विज्ञप्तिमा मन्त्रालयले त्यस क्षेत्रमा ठूलो संख्यामा नेपाली आप्रवासीहरु कार्यरत रहेको भन्दै उनीहरुको सुरक्षा आफ्नो प्राथमिकताको विषय रहेको प्रष्ट पारिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम–कारबाही नगर्न आह्वान गर्छौं ।’

विज्ञप्तिमा सबै विवाद र मतभेदहरुलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको स्पष्ट गरिएको छ ।

इरानका सेनापति कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमणमा मारेपछि दुई देशबीच तनाव उब्जेको हो । हालै इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा जवाफी आक्रमण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment