+
+

सूचना आयोगका प्रमुख आयुक्तद्वारा सपथ ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २४ गते १८:०२

२४ पुस, काठमाडौं । नव नियुक्त राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ गराएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त गुरुङलाई पद  तथा गोपनियताको सपथ गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सोही अवसरमा नव नियुक्त प्रमुख आयुक्त गुरुङले प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त आयुक्तहरू रत्नप्रसाद (दीपक) मैनाली र कमला ओली थापालाई सपथग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?