+
+
Shares

मन्त्री इरानी भन्छिन्–‘दीपिका कांग्रेस पार्टीको समर्थक हुन्’

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १५:२३

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा भएको हिंसाको विरोधमा उत्रिएका विद्यार्थीहरुको समर्थन गर्न पुगेकी नायिका दीपिका पादुकोणमाथि भारतको केन्द्रिय मन्त्री स्मृती इरानी खनिएकी छिन् । चेन्नाइमा आयोजना भएको एक कार्यक्रममा मन्त्री इरानीले भनिन्–‘दीपिकाले सन् २०११ मा नै बताइसकेकी थिइन् कि, उनी कांग्रेस पार्टीको समर्थन गर्छिन् ।’

सामाजिक संजालमा भाइरल भएको एक भिडियोमा दीपिकाले राहुल गान्धी प्रधानमन्त्री बनेको हेर्न चाहेको बताएकी थिइन् । स्मृतीले भनिन्–‘मलाई लाग्छ जसले समाचार पढ्छन्, उनीहरुलाई थाहा छ कि दीपिका कसको पक्षमा उभिन्छिन् । उनीहरुलाई यो पनि थाहा छ कि, ती मानिसहरु सीआरपीएफका जवान मर्दा खुशी मनाउँछन् ।’

स्मृतीले अगाडि भनिन्–‘भारतलाई टुक्रा टुक्रा बनाउनुपर्छ भन्ने मानिसहरुको साथमा उभिने अधिकार दीपिकालाई छ ।’ दीपिका विश्वविद्यालयका विद्यार्थीहरुको समर्थनमा उत्रिएपछि भारतमा यसको पक्ष र विपक्षमा मानिसहरु देखिएका छन् ।

बलिउडका धेरै कलाकारले दीपिकाको समर्थन गरेका छन् भने कतिपयले यसलाई उनको नयाँ चलचित्र ‘छपाक’को प्रचारको शैली भन्दै टिप्पणी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?