+
+
Shares

क्रसर उद्योगीले बुवालाई दिएका थिए दिलीपको ज्यान लिने धम्की

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १५:३३

२५ पुस, जनकपुरधाम । शुक्रबार बिहान हत्या गरिएका दिलीपकुमार महतोलाई तीन दिनअघि मात्र क्रसर सञ्चालकले ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ ।

महतोलाई शुक्रबार विहान टिपरले किचेर हत्या गरिएको थियो । यद्यपि परिवारका सदस्यहरुले कुटपिट गरेर हत्या गरेको र त्यसपछि टिपरले किचेको दाबी गरेका छन् ।

मृतकका बुवा रामजीवन महतोका अनुसार उनले ५ कठ्ठा जग्गा क्रसर उद्योगी बिपिन महतोलाई भाडामा दिएका थिए, जहाँ चुरियामाई क्रसर उद्योग सञ्चालनमा छ ।

भाडाको रकम लिन भन्दै रामजीवन तीन दिन अघि मात्र विपिनकहाँ पुगेका थिए । उनले २५ हजार दिन आजकै भाका दिएका थिए । त्यही भेटमा ‘आफ्नो छोरालाई सम्झाइहाल, कतिखेर (ज्यान) जान्छ थाहा छैन’ भनेको महतोले सुनाए ।

उनले त्यसलाई गम्भीर रुपमा लिएनन् र, छोरा दिलीपलाई पनि भन्न पाएका थिएनन् । २४ वर्षका दिलीपले भने अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको भन्दै साथीहरुसँग छलफल तथा विरोध गर्ने गर्दै आएका थिए ।

शुक्रबार विहान दिलीपलाई बिहान ४ बजेतिर रोशन यादवले बोलाएर लगेका थिए ।

तर टिपरले किचेको खबर आयो । आफू घटनास्थलमा पुग्दा वडा नम्बर ५ का वडाध्यक्ष, प्रहरी र क्रसर उद्योगका मानिसहरु मात्र भेटेको मृतककी बहिनी लक्ष्मीले सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?