+
+
Shares

टिपर दुर्घटनामा क्रसर उद्योग सञ्चालकको मृत्यु

रासस रासस
२०८३ असोज १५ गते १७:३६

१५ असोज, जनकपुर । धनुषामा टिपर दुर्घटना हुँदा क्रसर उद्योग सञ्चालकको ज्यान गएको छ । मिथिला नगरपालिका–३, लालभित्तिमा टिपर पल्टिँदा क्रसर उद्योग सञ्चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा औरही बाबा बालुवा प्रशोधन उद्योगका सञ्चालक ३६ वर्षीय हरि महतो रहेका छन् ।

प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट बालुवा–गिट्टी ढुवानी गर्ने क्रममा पल्टिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैया लिगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका–६, गोदारका ३० वर्षीय हरि विक घाइते भएका छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?