Comments Add Comment

पाँच लक्षण, तपाईंको शरीरमा भिटामिनको कमी पो हुँदैछ कि ?

शरीरलाई ठीक राख्नका लागि केही पोषक तत्वहरुको आवश्यकता हुन्छ । जस्तै कार्बोहाइडेट, प्रोटीन, फ्याट, भिटामिन्स, मिनरल्स, पानी आदि । यी सबै तत्व हामीलाई खानाको माध्यमबाट प्राप्त हुन्छ ।

सही र पर्याप्त पौष्टिक चिजहरु सेवन गरियो भने सँधै स्वस्थ रहन सकिन्छ । पर्याप्त पोषणबिना शरीरका अंगहरुमा खराबी आउन थाल्छन् र यिनीहरुले राम्ररी काम गर्दैनन् । शरीरमा यदि कुनै खास भिटामिन वा मिनरलको कमि छ भने शरीरले यसको संकेत पहिले नै दिन्छ ।

यी संकेतहरुलाई बुझेर आफ्नो शरीरको आवश्यकताअनुसार पोषकतत्व लिन सकिन्छ । के हुन् त ती संकेत ?

हड्डीहरुमा कमजोरी

भिटामिन डीको कमीले शरीरका हड्डीहरु प्रभावित हुन्छन् किनकी हड्डीहरुमा क्याल्सियमको अवशोषणका लागि भिटामिन डी आवश्यक हुन्छ । यसको कमिले हड्डीको रोग जस्तै ओस्टियोपोरोसिस, आर्थराइटिस आदि हुन सक्छ ।

भिटामिन डीको सबैभन्दा राम्रो स्रोत घाम हो । त्यसैले घाममा केहीबेर बस्दा भिटामिन डीको आवश्यकता ४० प्रतिशतसम्म पुरा हुन्छ । यसका अलावा बदाम र माछाबाट पनि भिटामिन डी पाउन सकिन्छ ।

लगातार कपाल झर्नु

कपाल झर्ने समस्याले धेरैलाई पिरोलिरहेको हुन्छ । यो भिटामिन बी७ को कमिले गर्दा हुन सक्छ । भिटामिन बी ७ अर्थात बायोटिनलाई हेयर भिटामिनको नामले पनि चिनिन्छ ।

यसका लागि उमालेको अन्डा, एभोकाडो, च्याउ, सोयाबिन, फुलकोभी, बदाम, रसभरी र केरा आदिको सेवन गर्नुस । साथै बायोटिनको क्याप्सुल पनि लिन सकिन्छ, तर यसका लागि चिकित्सकको परामर्श आवश्यक छ ।

हातगोडा झमझमाउने

कहिलेकाहीँ हातगोडा झमझाएकोे महसुस हुन्छ र यस्तो लाग्छ कि मानौं करेन्ट दौडिरहेको छ । साथै छालामा घोचेको महसुस पनि हुन्छ ।

यसले भिटामिन बीको कमिको संकेत गर्छ । भिटामिन बी पनि धेरै प्रकारका हुन सक्छन् । जस्तै भिटामिन बी ९, बी ६, बी १२ आदि । खासगरी यो नशासँग सम्वन्धित बिमारी हुन्छ किनकी झमझमाउने त्यतिबेला हुन्छ जब शरीरमा रक्तप्रवाह प्रभाविक हुन्छ । यी लक्षणहरुका साथ चिन्ता, डिप्रेसन, एनिमिया, थकान र हार्मोन असन्तुलन आदि पनि देखिन सक्छ । यसबाट बच्नका लागि पालुंगो, अन्डा, सोइजन, सिमी आदिको सेवन गर्नुपर्छ ।

अनुहारमा सेता दाना

शरीरमा हार्मोन्सको परिवर्तनका कारण डण्डीफोर निस्किन्छ । यो प्राय किशोरावस्थामा हुन्छ । तर, कहिलेकाहीँ उमेर गुजि्रसकेको व्यक्तिको अनुहारमा पनि सेता दाना देखिन सक्छन् । यसलाई पनि धेरैले डण्डीफोर नै मान्छन् ।

जबकि अनुहारमा सेतो दानाको कारण फ्याटी एसिड र भिटामिन ए तथा डीको कमि पनि हुन सक्छ । यसबाट बच्नका लागि स्याचुरेटेड फ्याट र टान्स फ्याटको सेवन कम गरौं र स्वस्थ बोसोको सेवन बढि गरौं । डाक्टरको सल्लाहमा यसका लागि सप्लिमेन्ट पनि लिन सकिन्छ ।

गिजाबाट रगत आउनु

थुप्रै व्यक्तिहरुको गिजाबाट रगत निस्किन्छ, वा मुखबाट बारम्बार छाला निस्किन्छ । छाला निस्किनुलाई खासगरी पेटको गडबडीको संकेतका रुपमा हेरिन्छ ।

तर, यसले शरीरमा प्रोटीनको कमीतर्फ पनि ईशारा गरिरहेको हुन सक्छ ।  आमरुपमा गिजाको रोगको खतरा ३५ वर्षको उमेरपछि हुन्छ । हाम्रो शरीरलाई हरेक दिन लगभग एक हजार मिलिग्राम प्रोटिन र भिटामिनको आवश्यकता हुन्छ । यदि योभन्दा कम पोषकतत्व लियौं भने शरीरमा यसको कमिको संकेत देखिन थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment