Comments Add Comment

पूजालाई ‘पर्खी बसेँ २’को अफर

निर्देशक सौरभ चौधरीलाई ‘पर्खी बसेँ २’ उत्कृष्ट बनाउनुपर्ने चुनौती छ । किनकी, करिब एक दशकअघि रिलिज भएको चलचित्र ‘पर्खी बसेँ’ले व्यापारिक रुपमा राम्रो कमाई गर्यो । गोपिकृष्ण मुभिजबाट निर्माण भएको पछिल्लो हिट चलचित्र यही नै हो ।

अब, गोपिकृष्ण मुभिज यही नाममा सिरिज बनाउँदैछ । चलचित्रको कथा लेखनको काम अगाडि बढिरहेको छ । वुझिएअनुसार, यो चलचित्रको पटकथा संचारकर्मी सुशिल पौडेलले लेख्दैछन् ।

चलचित्रको मुख्य भूमिकामा को रहने भन्ने चर्चा पनि चलिरहेको छ । चलचित्रको निर्माणपक्षले भने नायिकाको रुपमा पूजा शर्मालाई अफर गरेको छ ।

नायिका पूजा शर्माले पनि चलचित्रको अफर आफूलाई आएको स्विकार गरिन् । चलचित्रका निर्देशक सौरभ चौधरी भन्छन्–‘हामी बलियो टिमअप बनाएर काम गर्ने तयारीमा छौ । यसका लागि कलाकार पनि बलियो चाहिन्छ । नायिका पूजा शर्मालाई अफर गरेको कुरा सत्य हो ।’

चलचित्रमा २ नायक र एक नायिका हुनेछन् । सांगीतिक प्रेमकथामा नै यो चलचित्र बन्नेछ ।

पूजासँगै चलचित्रको अफर नायक आकाश श्रेष्ठलाई पनि गएको छ । अर्का एक जना नायकको बिषयमा भने निर्माणपक्षले कसैलाई पनि अफर गरेको छैन । चलचित्रको छायांकन आउँदो बर्षबाट मात्र सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment