Comments Add Comment

रगतको शुद्धीकरण कसरी गर्ने ?

रगतमा कुनै खराबी छ भने त्यसको असर छालामा देखिन्छ । छालामा दाग-धब्बा, घाउ वा कुनै संक्रमण हुन्छ भने त्यो रक्तविकारको कारण हुन्छ । यस्तो समस्या भएमा चिन्ता लिनुपर्दैन । घरमै बसेर, घरेलु बिधी अपनाएर रक्तविकारको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

नीम

रगत सफा गर्नका लागि नीम सबैभन्दा राम्रो बिकल्प हो । बिहान खाली पेटमा नीमको केहि काँचो पात चपाउने र पानी पिउने । यो क्रम केहि हप्ता दोहोर्‍याएपछि रगत सफा हुन्छ ।

चिराइतो

चिराइतो रक्त बिकार हटाउनका लागि रामबाण औषधी हो । बिहान चिराइतोको केहि पत्ता पिसेर एक गिलास पानीसँग मिश्रण बनाइ पिउनुपर्छ । केहि हप्तामा रगत सफा भएको अनुभव गर्न सकिन्छ ।

अदुवा र कागती

अदुवाको छोटो-छोटो टुक्रा पिसेर त्यसमा कागतिको केहि थोपा रस चुहाइदिने । मरिच र थोरै नुन पनि पिसेर मिसाउने । बिहान खाली पेटनमा नियमित यस्तो मिश्रण सेवन गर्नाले रगत सफा हुन्छ ।

बेलपत्र

पाकेको बेलको गुदीमा शख्खरसँग नियमित सेवन गर्नुपर्छ । केहि हप्तामा रगत शुद्ध हुन्छ ।

बेसार

बेसार रगत सफा गर्ने अचुक औषधी हो । यसले रगतमा भएको बिकार पदार्थ पिसाबको माध्यामबाट बाहिर निकाल्छ ।

लसुन

विहान खाली पेटमा केहि केस्रा लसुन सेवन गर्नुपर्छ । यसले फंगल इन्फेक्सनबाट मात्र बचाउँदैन, रगत शुद्ध पनि गर्छ ।

तुलसी

विहान उठेर खाली पेटमा तुलसीको पत्ता सेवन गर्नुपर्छ, यसले रगत शुद्ध त बनाउँछ नै, शरीरमा अक्सिजनको मात्रा पनि पुरा गर्छ ।

अमला

अमला समग्र स्वास्थ्यका लागि चमत्कारिक फल हो । भिटामिन सिले भरिपूर्ण अमलाले कलेजोको कार्यक्षमता बढाउँछ र शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

मेथी

रगतको कमी र खराबी हटाउनका लागि मेथी राम्रो बिकल्प हो । मेथी दानालाई राती पानीमा भिजाउने र बिहान सोहि पानी खाली पेटमा पिउने गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment