Comments Add Comment

फिल्मको छायांकन सकेसँगै म्यूजिक भिडियोमा रमाउँदै पल

गायक यूवराज चौलागाँइको स्वरमा समावेश ‘मलमल सारी’ बोलको गीत अंग्रेजी नयाँ बर्षको अवसर पारेर रिलिज गरियो । तर, सार्वजनिक भएको करिब १४ दिनमा पनि यो गीतले दर्शकको उल्लेख्य माया पाएन ।

गीतको भिडियोमा नायक पल शाह र नायिका वर्षा राउतले मोडलिङ गरेका छन् । पल र वर्षालाई राखेपछि भिडियोले राम्रै भ्यूज पाउने अपेक्षा यूवराजको थियो । तर, गीत चलेन ।

नायिका वर्षा राउत त चलचित्र साइन नगरी बसेकी छिन् । उनी, म्यूजिक भिडियोमा निरन्तर काम गरिरहेकी छिन् । हरेक हप्ता वर्षाका भिडियो युटुबमा देख्न पाइन्छ । यसैले, उनलाई चलचित्रमा दर्शकले कत्तीको प्रतिक्षा गर्ने हुन्, समयले नै बताउनेछ ।

नायक पल शाहको फागुण २३ गतेबाट चलचित्र ‘म यस्तो गीत गाउँछु २’ रिलिज हुँदैछ । यो चलचित्रको २ गीत सार्वजनिक भैसकेका छन् । दुबै गीतले दर्शकको उल्लेख्य साथ पाएका छन् । पल शाहको चर्चा यो चलचित्रको गीतबाट पनि राम्रै भैरहेको छ ।

तर, पल भने चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकेसँगै निरन्तर म्यूजिक भिडियोमा व्यस्त हुन थालेका छन् । पल म्यूजिक भिडियोबाट राम्रै आम्दानी गर्ने कलाकार हुन् ।

तर, चलचित्र रिलिज हुने समय नजिकिदै जाँदा पलले म्यूजिक भिडियो छनोटमा ध्यान दिनुपर्ने हो । पलले यसो गर्न सकेका छैनन् । उनले आधुनिक, पप, लोकगीतमा अभिनय गरिरहेका छन् । यसले, उनको रिलिज हुन लागेको चलचित्रलाई समस्या पर्न सक्छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले पललाई यो बिषयमा नभनेको भने होइन । तर, पललाई भिडियोको मोहले भने नछाडेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment