Comments Add Comment

‘दि भ्वाइस’का प्रतियोगी विश्वव्यापापी सांगीतिक यात्रामा निस्कदै

‘ब्लू बर्ड इन्टरनेशनल इभेन्ट प्रलि’ले ‘दि भ्वाइस अफ नेपाल सिजन २’ का प्रतियोगीहरुलाई लिएर विश्वव्यापी सांगीतिक यात्रा गर्ने भएको छ । ‘भिजिट नेपाल २०२०’ लाई सहयोग पुर्याउने उद्देश्य सहित यो संस्थाले सांगीतिक यात्रा आयोजना गर्न लागेको हो ।

मार्च ६ तारिखबाट सुरु हुने यो कार्यक्रमका लागि ‘दि भ्वाइसका विजेता राम लिम्बुको साथमा सनिष श्रेष्ठ, आरिफ राउफ, यांकी याल्मो, अन्जु रानामगर लगायत विश्वव्यापी कार्यक्रममा निस्किने छन् । मार्च ६ तारिखमा बेलायतबाट सुरु हुने कार्यक्रम मार्च २३ तारिखसम्म बेलायतका विभिन्नि ९ शहरमा हुनेछ । बेलायत कार्यक्रममा आरिफ छुट्नेछन् ।

बेलायत सकिए लगत्तैं टिम युरोप पुग्नेछ । मार्च २७ देखि अप्रिल १९ सम्म युरोपका विभिन्न शहरहरुमा कार्यक्रम हुनेछ । युरोप यात्रामा भने अन्जु राना मगर छुट्नेछिन् । अप्रिलको तेस्रो साता नै इजरायलको एक कार्यक्रममा पनि ‘दि भ्वाइस’का ४ प्रतियोगीहरु पुग्नेछन् । इजरायलमा हुने कार्यक्रममा पनि अन्जु छुट्नेछिन् ।

जुनको तेस्रो साताबाट क्यानडाका विभिन्न ४ शहरहरुमा ‘दि भ्वाइस’का सहभागीहरुले संगीतिक माहोल बनाउनेछन् । राम, सनिष, आरिफ र यांकीले क्यानडाका दर्शकलाई मनोरञ्जन दिनेछन् ।

कार्यक्रमको उद्घोषण सुशिल नेपालले गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल सिजन २’को उत्कृष्ट ४ मा पुगेका विकास लिम्बु भने यो यात्रामा सहभागी हुने छैनन् । आन्तरिक समस्याका कारण विकास टिममा नभएको निर्देशक लक्ष्मण पैड्यालले बताए ।

यी विभिन्न कार्यक्रमहरुबाट आएको केही रकम चावहिल स्थित ‘स्नेहा आश्रममा’ सहयोग गरिने आयोजक संस्थाका अध्यक्ष रोशन पराजुलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment