Comments Add Comment

मकवानपुरका साग पदक विजेता खेलाडी सम्मानित

२९ पुस, हेटाैंडा । १३औं दक्षिण एसियाल खेलकुद (साग)मा पदक जित्न सफल मकवानपुर जिल्लाका खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मानित गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुर र हेटौंडा उपमहानगरपालिकाले संयुक्तरुपमा मंगलबार खेलाडी तथा प्रशिक्षकलाई नगदसहित सम्मान गर्दै हेटौंडा बजार परिक्रमा गराइएको थियो ।

मकवानपुरबाट सागमा चार जनाले स्वर्ण, चार जनाले रजत र पाँचजनाले कांस्य पदक जित्न सफल भएका थिए । जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले स्वर्ण पदक विजेतालाई एकलाख, रजत पदक विजेतालाई ७५ हजार र कांस्य पदक विजेतालाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समितिले स्वर्ण पदक विजेतालाई नगद २५ हजार, रजत पदक विजेतलाई २० हजार र  कांस्य पदक विजेतलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरेको थियो । उसुमा रजत पदक जिताउन सफल प्रशिक्षक विमल थापालाई पनि नगदसहित सम्मानित गरिएको थियो ।

खेलाडी तथा प्रशिक्षकहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका सभापति रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतलगायतले नगदसहित सम्मानपत्र प्रदान गरेका थिए ।

पदधारी खेलाडी तथा प्रशिक्षकहरुलाई हेटौंडा–४ स्थित हुप्रचौरबाट हेटौंडा बजार परिक्रमा गराइएको थियो ।

उनीहरुलाई पुष्पगुच्छाबाट हेटौंडा बजारका व्यवसायीहरुले स्वागत एवं सम्मान गरेका थिए । नेपाली सेनाको न्याउली बाजा र पञ्चे बाजासहित बजार परिक्रमा गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment