Comments Add Comment

सुनसरीमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटियो

१ माघ, विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका– १ सप्तकोशी नदी नजिकै एक जना महिलाको शव भेटिएको छ । स्थानीय दुधपानी खोलाको बगरमा टाउको काटिएको अवस्थामा महिलाको शव भेटिएको हो ।

मंगलबार दिउँसो घाँस दाउरा गर्न जानेले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना स्थल पुगेको प्रहरीले शव भेटिएको स्थान नजिकै महिलाको टाउको भेटिएको जनाएको छ ।

सडेको अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड, कपडा, लेडिज ब्याग र चक्कु भेटिएको सुनसरी प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले जानकारी दिए । उनका अनुसार शवको पहिचान हुन सकेको छैन ।

पहिचानका लागि अनुसन्धान गरिरहेको प्रहरीले लेनदेनको विवादमा महिलाको हत्या भएको हुनसक्ने बताएको छ । विभत्स अवस्थामा भेटिएको शवसँगै स्ट्याम प्याड र महिलाको हातको बुढी औंलामा रङ लागेको अवस्थामा भेटिएको थियो ।

चतरा–रामपुर सडक खण्डबाट करिव ५ सय मिटर उत्तर तर्फ भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको डीएसपी शर्माले बताए । अन्दाजी ३५–४० वर्षीया जस्तो देखिने महिलाको अनुहार नचिनिने अवस्थामा छ । केही दिनअघि हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment