+
+
Shares

टुँडिखेलमा थारु समुदायले मनाए ‘नयाँ वर्ष’ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १६:०२

१ पुस, काठमाडौं । माघ थारु समुदायको एक विशेष पर्व हो । जुन उनीहरुले महत्वपूर्वक मनाउँदै आएका छन् । माघ थारु समुदायका लागि एउटा चाडमात्रै होइन, उनीहरुले यस दिनलाई नयाँ वर्षका रुपमा समेत मनाउँदै आएका छन् ।

बुधबारबाट थारु समुदायको नयाँ वर्ष २६४३ औं वर्ष सुरु भएको छ । माघ १ अर्थात नयाँ वर्षको स्वागतका लागि यतिबेला दाङलगायतका थारु समुदाय अन्तिम तयारीमा जुटेका छन् । माघ १ गतेका दिन थारु समुदायहरु आ-आफ्नो पायक पर्ने ठाउँमा भेला भएर नाचगान, भेला, बैठक, तथा छलफल गरी मनाउँछन् ।

काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा भेला भएर माघ १ को खुशियाली मनाएका छन् । आफ्नो भेषभूषासहित आएका युवायुवतीले नाचगान गर्नुका साथै झाँकी प्रदर्शन गरे । टुँडिखेलमा थारु समुदायको परिकार पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?