Comments Add Comment

हृदयाघातका कारण पूर्वराजदूत शर्माको निधन

१ माघ, बेलायत । संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोग न्यूयोर्कका पूर्वप्रमुख एवं बेलायतका लागि पूर्वराजदूत मुरारी अधिकारी शर्माको हृदयाघातका कारण लण्डनमा मंगलबार दिउँसो निधन भयो ।

नेपालमा अर्थ मन्त्रालयबाट शाखा अधिकृतकका रूपमा आफ्नो जागिरे जीवन शुरू गरेका शर्मा गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रित्व कालमा परराष्ट्र सेवामा स्थानान्तरित भएका थिए । उनी परराष्ट्र सचिव पदमै छँदा संयुक्त राष्ट्र संघका लागि राजदूत भएका थिए ।

पछि उनी बेलायतका लागि राजदूत नियुक्त भएका थिए । तर कार्यकाल सकिएपछि उनी बेलायतमै बसे ।

तीसको दशकमा उनी कथाकारका रुपमा समेत चिनिन्थे । उनको कथा संग्रह ‘मुरारी अधिकारीका कथाहरु’ गोविन्द गिरी प्रेरणाको सम्पादनमा प्रकाशित भएको थियो । उनले मैनाली कथा पुरस्कासमेत पाएका थिए ।

स्व. शर्माका श्रीमती र दुई छोरा रहेका छन् । दुबै छोरा विवाहित भई अमेरिकामा बस्न थालेपछि शर्मा पत्नीसहित नेपाल र्फकने तयारीमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment