Comments Add Comment

‘माइकल अधिकारी’मा सौगात र श्रृष्टीको यस्तो गेटअप

गोपीकृष्ण मुभिजको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘माइकल अधिकारी’को छायांकन सुरु भएको छ । चलचित्रले सेरोगेसीको कथालाई प्रस्तुत गर्नेछ । रञ्जित रौनियारको कथा रहेको चलचित्रलाई रौनियारले नै निर्देशन गर्नेछन् । चलचित्रको पटकथा तथा संवाद शैलेश कँडेलले लेखेका छन् ।

चलचित्रको मुख्य भूमिकामा सौगात मल्ल र श्रृष्टी श्रेष्ठको मुख्य भूमिका छ । माघे संक्रान्तिको अवसर पारेर बुधबारबाट चलचित्रको छायांकन सुरु गरिएको हो । झापाको विर्तामोड पुगेर चलचित्रले आफ्नो छायांकन सुरु गरेको हो । चलचित्रमा सौगात र श्रृष्टी फरक अवतारमा देखिएका छन् ।

उद्धव पौडेलको प्रस्तुति रहेको चलचित्रलाई निरक पौडेलले निर्माण गर्दैछन् । यो चलचित्रलाई चैत २८ गते रिलिज गर्नेतयारी यसको निर्माणपक्षले गरेको छ । चलचित्रमा सौगात र श्रृष्टीसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतको अभिनय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment