
नायिका वर्षा सिवाकोटीको पहिरनले अहिले सामाजिक संजालदेखि मिडियामा राम्रै स्थान पाइरहेका छन् । गसिपमा कसरी रमाउने भन्ने वर्षाले वुझ्न थालेको धेरै भएको छैन । यसैले त उनी कहिले सामाजिक संजालमा स्टाटस लेखेर चर्चा बटुल्छिन् भने कहिले जाडोमा विकिनी तस्वीर पोष्ट गरेर चर्चामा आउँछिन् । उनै वर्षा वुधबार चलचित्र ‘लक्का जवान’को पत्रकार सम्मेलनमा उपस्थित भइन् ।
काठमाण्डौको चिसो मौसमले वर्षालाई छेकेन । उनी हट पहिरन लगाएर कार्यक्रममा पुगिन् । रोचक कुरा त के भयो भने, वर्षाले चलचित्रको बिषयमा बोल्न नै पाइनन् । जब उनले सम्बोधनका क्रममा निर्माता तथा कलाकार किरण केसीलाई ‘अंकल’ भनिन्, यसपछि हलमा हाँसो छुट्यो । यसपछि, वर्षाले बोल्नै सकिनन् ।
हालै, चलचित्र ‘चालबाज’को छायांकन सकेकी वर्षाले अब ‘सुदुर’ नामक चलचित्रमा काम गर्दैछिन् ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4