Comments Add Comment

भीम रावललाई सञ्चारमन्त्रीको प्रश्न : बालुवाटारबाट कसले ज्यानमार्ने धम्की दियो ?

२ माघ, काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बालुवाटारबाट कसले ज्यान मार्ने धम्की दिएको हो प्रष्ट पार्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावललाई आग्रह गरेका छन् ।

रावलले पछिल्लो समय आफूलाई बालुवाटारबाटै ज्यानमार्ने धम्की दिएको दाबी गर्दै आएका छन् । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटालाई यसबारे सोधिएको थियो ।

जवाफमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिप्रश्न गरे, ‘प्रधानमन्त्री कसैको ज्यान लिने हुनुहुन्छ र ?

फरक विचार राखेकै कारण कसैलाई पनि ज्यान मार्ने धम्की दिन नमिल्ने भन्दै उनले बालुवाटारबाट कसले र कुन फोन नम्बरबाट धम्की दियो भन्ने प्रष्ट पार्न नेता रावललाई आग्रह गरे ।

‘प्रधानमन्त्री नेकपाकै हुनुहुन्छ, उहाँ पनि नेकपाकै नेता हुनुहुन्छ’, उनले भने, ‘उहाँलाई सरकारले सुरक्षा उपलब्ध गराएकै छ, पछुवा पनि छ । त्यसैले उहाँको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने लाग्दैन ।’

प्रधानमन्त्रीले आफ्ना कार्यकर्तालाई सिध्याउन तरबार वा खल्तीमा गोलीको माला लिएर हिड्नुहुन्छ भनेर सोच्नु गलत हुने सञ्चारमन्त्री बाँस्कोटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment