+
+
Shares

‘भन्सार छलेर भित्रने सामानको मात्रा बढ्यो’

भन्सार विभाग भन्छ– कारबाही हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १५:४६

३ माघ, काठमाडौं । भन्सार नतिरी सामाग्रीहरु ल्याउनेको मात्रा बढ्दो क्रममा रहेको भन्दै व्यापारीहरुले गुनासो गरेका छन् । भारतीय नाकाबाट रिक्सा, मोटरसाइकल तथा साइकलमा भन्सार छलेर सामाग्रीहरु ल्याउने क्रम बढीरहेको र त्यसलाई रोक्न भन्सार कार्यालयले विशेष चासो नदिएको व्यापारीहरुले बताएका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले घरायसी प्रयोजनका लागि भन्दै भारतबाट ल्याएर तराई क्षेत्रमा व्यापार भइरहेको बताए । भारतीय नाकाहरुको अवस्थाबारे बुझ्न विभिन्न नाकाहरु पुगेर फर्किएका अध्यक्ष कटुवालले भन्सार छल्नेको संख्या ठूलो रहेको बताए ।

‘मेरै नेतृत्वमा महासंघको टोलिले पूवृको मेचीनगर, विराटनगर लगायतका नाकाहरुमा अनुगमन गर्यौ’ उनले भने, ‘त्यहाँ व्यापारिक प्रयोजनका लागि रिक्सा तथा साइकलमा भन्सार नतिरि सामाग्री आयात गर्नेहरुको ठूलो संख्या रहेछ ।’

भन्सार नतिरी सामाग्री ल्याउनेहरुका कारण कर तिरेर वैधानिक तरिकाले व्यवसाय गर्नेहरुलाईमात्रै नभएर राज्यलाई समेत समस्या परेको अध्यक्ष कटुवालले बताए । चेक पोष्टमा कार्यरत सशस्त्र प्रहरीले रिक्सा, मोटरसाइकल, साइकल लगायतमा सामान ल्याउदा धेरै ध्यान नदिएको गुनासो गरे ।

सरकारले भारतीय बजारबाट सानो परिमाणमा घरायसी सामान ल्याउन छुट दिएको छ । त्यसैलाई टेक्दै स्थानीय व्यापारीहरुले घरायसी सामान भन्दै व्यापारिक सामाग्रीहरु भन्सार नतिरी नेपाल भित्र्याउने गरेको उनको भनाई छ ।

‘वैधानिक तरिकाले व्यापार गर्नेलाई राज्यले चेपेको चेप्यै छ, अनि त्यहाँ भन्सारमा कडाई गर्न पर्दैन ?’ अध्यक्ष कटुवालले भने, ‘राजश्व लक्ष्य भेटिएन भनेर कर बढाउने होइन भएकोलाई उठाउन सकेमात्रै पनि राम्रो हुन्छ ।’

भन्सार विभाग भन्छ– छुट कसैलाई छैन

भन्सार विभागले भने भन्सार नतिरी ल्याएको भेसटए कारबाही हुने बताउछन् । थोरै परिमाण्मा भए बिगो जफत र सोहि बराबरको जरिवानासम्मको कारबाही हुने विभागका निदेृशक शिशिर घिमिरेले बताए । तर बिगो ठूलो भए त्यसरी सामाग्री ल्याउने जेल पनि जानसक्ने घिमिरेको भनाई छ ।

५ हजार रुपैयाँसम्मको सामान भने घरायसी प्रयोजनका लागि ल्याउन सकिने उनले बताए । त्यो भन्दा माथि ल्याएको÷नल्याएको सुरक्षाकर्मीले चेकजाच गर्ने उनी बताउछन् ।

अध्यक्ष कटुवाल भने आफै अनुगमनमा गएको र आफैले ५ हजार मूल्य भन्दा धेरै माथिको सामाग्रीहरु ल्याएर नेपालमा बिक्री हुने गरेको बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?