Comments Add Comment

हिमालयन शेर्पासँग मछिन्द्रको अप्रत्यासित हार, उपाधि होडमा धक्का

३ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पाले मछिन्द्र क्लबमाथि अप्रत्यासित जित हात पारेको छ ।

शुक्रबार भएको खेलमा हिमालयन शेर्पाले मछिन्द्रमाथि २-० गोलको अप्रत्यासित जित हात पारेको हो । लिगमा पहिलो हारसँगै मछिन्द्र दोस्रो स्थानमा मात्र झरेन, उपाधि होडमा नै नराम्रो धक्का लागेको छ । लिगकै पहिलो जितले रेलिगेशन संकट टार्न संघर्षरत हिमालयन शेर्पा पनि नवौं स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा हुने भनिएको खेल वर्षाका कारण सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेलाएको थियो । खेलमा शिमालयन शेर्पाले पहिलो मिनेटमै अग्रता लियो । विनोद गुरुङले हानेको बलमा मछिन्द्रका पिटर सेगुनले आत्मघाती गोल गरे ।

खेलको १९औं मिनेटमा निरज बस्नेतको फ्रिकिकमा विजय श्रेष्ठले गोल गर्दै शेर्पाको अग्रता दोब्बर पारे । त्यसपछि खेलमा थप गोल भएन र हिमालयन शेर्पा विजयी भयो ।

जितपछि ७ खेलबाट ७ अंक जोड्दै शेर्पा नवौं स्थानमा उक्लिएको छ भने लिगको पहिलो हारले मछिन्द्र  दोस्रोमा झरेको छ । शीर्ष स्थानमा उक्लिएको नेपाल आर्मीको समान १३ अंक भए पनि मछिन्द्र गोलअन्तरमा आधारमा दोस्रो स्थानमा झरेको हो ।

साथै आर्मीले एक खेल कम खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment