Comments Add Comment

संगठन विस्तारका लागि उपेन्द्र यादव मधेसमा

३ माघ, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुक्रबार जनकपुरधाममा पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण तथा विस्तार कार्यक्रमको उद्घाटन गरे ।

त्यस क्रममा उनले संविधान संशोधनका लागि दबाब दिन संघर्षमा उत्रिनुपर्ने र त्यसका लागि संगठन बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले संगठन सुदृढिकरण अभियान ३ महिनासम्म चल्ने र कार्यकर्ताले यो समय पार्टीलाई दिनुपर्ने बताए । ‘यो अभियान तीन महिनासम्म जारी रहन्छ’ अध्यक्ष यादवले भने, ‘यो तीन महिनाको समय सम्पूर्ण नेता÷कार्यकर्ताले पार्टीलाई दिनु जरुरी छ ।’

उनले यो अभियानमा नजुट्ने नेता कार्यकर्ताको पार्टीले त्यही अनुरुप मुल्यांकन गर्ने समेत बताए ।

मुलुकमा अराजकता र बेतिथीले चरम सीमा नाघेको बताउँदै उनले देशमा सुशासन कायम गर्दै निकास दिने अभिभारा पार्टीको काँधमा आएको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागु नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने बताइन् ।

उनले पार्टीभित्र रहेको गुट उपगुटको अन्त्य गर्दै सबै जिल्लामा पार्टी कार्यालय स्थापना गर्नुपर्ने बताइन् । ‘हालसम्म कुनै पनि जिल्लामा पार्टी कार्यालय छैन’ उनले भनिन्, ‘यसरी संगठन विस्तार हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment