Comments Add Comment

काठमाडौंको नाका जोड्ने सडकको कन्तबिजोक (फोटोफिचर)

४ माघ, काठमाडौं । काठमाडौं उपत्यकामा यसैपनि सडकहरुको हालत खराब छ । काठमाडौं भित्रिने/बाहिरिने बाटोहरुको पनि त्यस्तै छ । यसको बलियो उदाहरण हो, जरसिंहपौवातर्फ जाने सडक ।

नांग्लेभारे तथा सिन्धुपाल्चोकतर्फ जाने यो सडकमा सवारी चलाउन कम्ता कठिनाइ छैन । घाम लागेपछि धुलोले ढाकिने यो सडकमा पानी परेपछि हिलोले टेक्ने ठाउँ भेटिँदैन ।
ठाउँ-ठाउँमा सडक सुधारको काम भइरहेको छ । तर, तीव्र गतिमा काम नहुँदा सडकको कन्तबिजोक छ ।

अहिले सवारी लिएर हिँड्नु अति जोखिमपूर्ण छ । यो सकडको विभिन्न खण्डमा सडकको हालत यति खराव छ कि धेरैजसो सवारी त बीचबाटोबाटै फर्किन बाध्य हुन्छन् ।

तर, अत्यावश्यक सामान ढुवानी गर्ने, यात्रु बोक्ने सार्वजनिक सवारी र बिरामी लिने र पुर्‍याउन पुग्ने एम्बुलेन्सलाई बीचबाटोबाट फर्किन छुट छैन । यस्तो सडकमा ज्यानको जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्, स्थानीय बासिन्दा तथा पर्यटकहरु ।

बाटो बिग्रँदा सवारी आवागमन मात्रै कठीन बनेको छैन, स्थानीयलाई बाटो हिँड्न समेत समस्या छ । विस्तार तथा सुधारको क्रममा रहेको यो बाटोमा विभिन्न स्थानमा जमेको हिलो सफा गरेर सवारी आवागमन सहज गर्ने विषयमा कसैको ध्यान नपुगको स्थानीयबासीको गुनासो छ ।

यो हिलाम्मे दिनमा दर्जनौं सवारी फस्ने गरेका छन् । जसले घन्टौं सवारी जाम हुने लगायतका समस्या पनि बढेका छन् । सडक विभागलाई जति दबाव दिँदा पनि अवस्था नसुध्रिएको स्थानीयहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment