+
+
Shares

पर्यटन बोर्ड सीईओमा तीन जनाको नाम सिफारिसवि

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १७:४७

५ माघ, काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि तीन जनाको नाम सिफारिस भएको छ । बोर्डको सीईओ छनोट समितिले तीन जनाको नाम सिफारिस गरी बोर्डमा पठाउने निर्णय गरेको हो ।

स्रोतका अनुसार धनन्जय रेग्मी, दीपक बस्ताकोटी र हिक्मतसिंहर ऐरको नाम समितिले बोर्ड समक्ष सिफारिस गरेको हो । बोर्डको बैठक आजै बसेर नयाँ सीइओ नियुक्ती गर्ने तयारी थियो ।

तर, केही बोर्ड सदस्यको समय नमिलेका कारण बैठक भोलीका लागि सरेको छ । कूल १७ आवेदनमध्ये प्रारम्भिक ९ जनाको नाम छनोट भएको थियो ।

त्यसबाट अन्तिम तीन जनाको नाम सिफारिस भएको छ । ती तीन जनाबाट बोर्डले एक जनालाई सीइओका रुपमा छनोट गर्ने प्रावधान रहेको छ ।

नयाँ सीइओको कार्यकाल ४ वर्ष हुनेछ । निवर्तमान सीईओ दीपकराज जोशीसमेत यस प्रतिस्पर्धामा थिए । तर, उनी अन्तिम तीनमा अटाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?