
६ माघ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रियसभा सदस्यअरुलाई मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे बि्रफिङ गरेका छन् ।
नेकपा राष्टिय सभा संसदीय दलको बैठकमा मन्त्री ज्ञवालीले सैन्य गठबन्धनसँग एमसीसीको सम्बन्ध नभएको बताए ।
सन् २००४ देखि नै एमसीसी सम्झौताका लागि नेपालले पहल गरेको उल्लेख गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘यो गरिबी निवारण र पूर्वाधार विकास सम्बन्धी कार्यक्रम हो । इन्डोप्यासेफिक रणनीतिक वा सैन्य रणनीतिसँग सम्बन्धित छैन ।’
अब एमसीसीबारे तर्कवितर्क गरिरहने आवश्यक नभएकाले भन्दै उनले संसदबाट पास गर्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराइले एमसीसीबारे दलमा एउटै मत बनोस भनेर छलफल गरिएको बताए । उनले भने, ‘हामीले एमसीसीबारे लागेका जिज्ञासाहरु सोध्यौं र परराष्ट्रमन्त्रीले त्यसमा स्पस्ट पार्ने काम गर्नुभएको छ ।’
प्रतिक्रिया 4