Comments Add Comment

विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरजीटीएसमा

६ माघ, काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्ने भएको छ ।

यसका लागि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा-भिन्दै सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आˆनो कोर बैंकिङ्ग प्रणालीमा जोड्न चाहिने आवश्यक आरजीटीएस ‘इन्टि्रग्रेसन मिडिलवेयर कनेक्ट आरटीजीएस’उपलब्ध गराउने भएको छ ।

विकास बैंकहरुसँगको यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल राष्ट्र बैंकको च्त्न्क्प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ‘क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग आरटीजीएस प्रणालीको लागी डिरक्ट मेमबर को रुपमा सम्झौतागरी सकेका ‘ख’तथा’ग’वर्गका वित्तिय संस्थाहरुको लागी पनि उपलब्ध गराइने छ ।

कम्पनीले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट -आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment