+
+

सालकको खपटासहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ७ गते १४:३७

७ माघ, काठमाडौं । प्रहरीले मकवानपुरको हेटौंडाबाट दुर्लभ वन्यजन्तु सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३० वर्षीय गौरब गौतम, ३० वर्षीय कृष्ण बहादुर गोले र सोही उपमहानगरपालिका-११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट २ किलो १ सय ९० ग्राम सालकको खपटासहित उनीहरु सोमबार राति पक्राउ परेका हुन् ।

खसी बजारमा सालकको खपटा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सालकको खपटा सहित उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?