+
+

शोरुम उद्घाटन गर्न चितवनमा पूजा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ८ गते १२:३८

चितवनमा रहेको सीजी लेण्डमार्कमा संचालनमा आएको केटीएम सीटी तथा अन्टाको शोरुमको नायिका पूजा शर्माले उद्घाटन गरेकी छिन् । शोरुमको उद्घाटन गर्न नायिका पूजा शर्मा चितवन पुगेकी थिइन् ।

नायिका शर्माले निकै कम खर्चमा आफ्नै देशमा उत्पादित स्वदेशी ब्रान्ड रोज्न पाउनु गौरवको कुरा भएको बताइन् । नायिका शर्माले चितवनमा पुग्दा आफूलाई जहिले पनि आनन्द आउने बताइन् ।

कार्यक्रममा गायक रामचन्द्र काफ्लेले आफ्नो सांगीतिक प्रस्तुति पस्किएका थिए । उनलाई गायिका जुनु रिजालले साथ दिइन् । यस्तै, हाँस्य कलाकार पल्पसा डंगोलको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

स्क्वाड नेपाल प्रालि चितवनभरको केटीएम र अन्टा ब्रान्डको वितरक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?