News Summary
Generated by OK AI. Editorially reviewed.- उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान ब्रेक फेल भएर जिप सडकबाट करिब १० मिटर तल खस्दा १५ जना घाइते भएका छन्।
- घाइतेलाई उद्धार गरी कटारी अस्पताल पठाइएको छ, र ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।
- दुर्घटनामा कटारी नगरपालिका–११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन् भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
९ कात्तिक, काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।
प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ ।
दुर्घटनामा परी कटारी नगरपालिका-११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन् ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4