News Summary
Generated by OK AI. Editorially reviewed.- तनहुँको आँबुखैरेनी गाउँपालिका–०६ डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा ४७ वर्षीया इन्द्रमाया गुरुङको मृत्यु भएको छ।
- सोमबार साँझ बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको जिप उकालोमा ब्याक भई करिब ७ मिटर तल नालीमा खसेको हो।
- दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् र चालक लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२६ असोज, काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका –०६ डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सोमबार साँझ १७:४५ बजेको समयमा डुम्रीडाँडास्थित भित्री सडक–खण्डमा बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप उकालोमा ब्याक भई सडकको किनारबाट करिब ७ मिटर तल नालीमा खस्दा दुर्घटना भएको हो ।
जिपमा सवार ८ जनामध्ये ७ जना घाइते भएका थिए । घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका –०६ खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङलाई उपचारका क्रममा साँझ ६:२० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेहरूमा: तनहुँ, आँबुखैरेनी गाउँपालिका –०६, खापस्वारा बस्ने ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ रहेका छन् ।
घाइते सबैको आँबुखैरेनी अस्पताल, तनहुँमा उपचार भइरहेको प्रहरीको केन्द्रीय समचार कक्षले जनाएको छ ।
चालक तनहुँ, आँबुखैरेनी गाउपालिका–०६ हिलेखर्क बस्ने ३३ वर्षीय लक्ष्मण गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया 4