+
+
Shares

बझाङमा जिप दुर्घटना, चालकको मृत्यु, दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते १२:१६

१५ असोज, काठमाडौं । बझाङको सुर्मा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक सुर्मा गाउँपालिका–४ का २७ वर्षीय कुन्दन बोहरा रहेका छन् ।

प्रहरीका अनुसार सुर्मा गाउँपालिका–२ दोगडीस्थित चैनपुर–दौलिचौर भित्री सडक खण्डमा 

बिहीबार बिहान १० बजे कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप दुर्घटना हुँदा चालक बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

दौलिचौरबाट चैनपुरतर्फ आउँदै गरेको जिप अनियन्त्रित भई सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी बझाङको जयपृथ्वी नगरपालिका-८ की २५ वर्षीय विपना बोहरा र भारतको कलकता घर भएका ४५ वर्षीय सुवासिस दास घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ ।

दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?