+
+
Shares

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते ९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप अनियन्त्रित भई सडकबाट खस्दा चालक २१ वर्षीय विपिन दियालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
  • जिल्ला प्रहरी कार्यालय इलामले दुर्घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

९ कात्तिक, इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ ।

दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?