
काठमाडौं । भुवन केसीको नयाँ चलचित्र ‘एन्टिहिरो’मा नायिका जसिता गुरुङले अभिनय गर्ने भएकी छिन् । बुधबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै जसिताले ‘एन्टिहिरो’मा नायिकाका रुपमा इन्ट्री मारेकी हुन् ।
होटल अन्नपूर्णमा निर्माण पक्ष र जसिताबीच समझौतामा हस्ताक्षर भएको हो ।
यो फिल्ममा नायकका रुपमा भुवनका सुपुत्र अनमोल केसी देखा पर्दैछन् । चलचित्रमा भुवन केसी खलपत्र (भिलेन)का रुपमा देखिनेछन् । केसीका अनुसार यो चलचित्र वैशाख १ गतेबाट सुटिङमा जाने छ ।
अनमोल हाल ‘ए मेरो हजुर ४’ को वर्कसपमा व्यस्त छन् । यसपछि उनी घरेलु ब्यानर ‘द सुपर काजल फिल्म्स’कले बनाउन लागेको ‘एन्टिहिरो’को सेटमा पुग्नेछन् ।
यसअघि भुवन केसीले अनमोल नै राखेर क्याप्टेन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4