+
+

एनआरएनएको दोस्रो विज्ञ सम्मेलन धुलिखेलमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १० गते ११:४६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को दोश्रो एनआरएन विज्ञ सम्मेलन आगामी अक्टोवरमा हुने भएको छ । एनआरएनएका महासचिव डा. हेम राज शर्माका अनुसार सो सम्मेलन काठमाडौं विश्वविद्यालय धुलिखेलमा हुने भएको हो ।

पहिलो सम्मेलन सोल्टी होटलमा आयोजना हुदाँ महङ्गो दर्ता शुल्क भएको आलोचना भए पछि संघले दोस्रो सम्मेलन काठमाडौं विश्वविद्यालयमा गर्न लागेको हो ।

काठमाडौं विश्वविद्यालयमा सम्मेलनको आयोजना गर्दा सहभागीहरुको संख्या बढ्ने विश्वास डा. शर्माको छ ।

यसै बीच संघको एक टोलीले बुधबार काठमाडौं विश्वविद्यालयका उपकुलपति, डीनहरु, विभागीय प्रमुखहरु लगायत उच्चपदाधिकारीसँग छलफल गरेको छ ।

संघका पदाधिकारीसहित काठमाडौं विश्वविद्यालय पुगेको टोलीले सम्मेलनलाई उपलब्धिमूलक बनाउन घनिभूत छलफल भएको महासचिव डा. शर्माले जनाए ।

संघको टोलीमा उपाध्यक्षहरु सोनाम लामा, मन केसी, कोषाध्यक्ष महेश श्रेष्ठ लगायतको उपस्थिती थियो ।

यसअघि संघले एनआरएन विज्ञ सम्मेलनबारे परराष्ट्रमन्त्रालयलगायत नेपाल सरकारका उच्चअधिकारीसँग छलफल गरेका थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?